ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिटको सुनुवाई आज — OSNepal

ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिटको सुनुवाई आज

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिट निवेदनहरुमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

आज बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्धाको सुनुवाई गर्ने भएको हो ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्ति लगायतका विवादमा परेको मुद्दामा सुनुवाईका लागि चारवटा रिट निवेदन र तीसँग सम्बन्धित थप पाँचवटा पुरक निवेदनहरु पेसीमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर