चुनाव हार्ने डरले ओलीले घुमाए औंला : यस पटक प्रशिक्षणभन्दा पनि मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने — OSNepal

चुनाव हार्ने डरले ओलीले घुमाए औंला : यस पटक प्रशिक्षणभन्दा पनि मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुधबार झापा जाने कार्यक्रम रहेको छ । आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचन लक्षित गरेर ओलीले अबको तिन दिन झापा मै रहेर मतदातासँग अन्तरक्रिया गर्ने भएका छन् ।

चारै तिर स्वतन्त्र उम्मेदवार हावी भएपछि औंला घुमाएका ओलीले यस पटक झापा क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासित प्रशिक्षणभन्दा पनि दोहोरो कुराकानी र अन्तरक्रिया गर्ने भएका हुन् ।

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा सम्बोधन पश्चात ओली अब तिन झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाटमा नै व्यस्त हुने भएका छन् ।

ओलीसँग भेटघाट गर्ने कार्यकर्ताहरुको नामावली संकलन गरिएको नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालले जानकारी दिएको छ । अध्यक्षसँग भेटघाट गर्न चाहने जनवर्गीय संगठन, स्थानीय अगुवा कार्यकर्ता र मतदाताहरुको नामावली संकलन गरेर सामूहिक रुपमा कम्तिमा एक घण्टा भेट्न पाउने गरी सेड्युल पारिएको सचिवालयले जनाएको छ ।

अन्तक्रिया गर्ने क्रममा ओली जिल्लाको दमक, गौरादह, कमलका स्थानीय जनप्रतिनिधि, युवासंघका प्रतिनिधि, अगुवा कार्यकर्ता र मतदाताहरूसँग छलफल गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर