ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिटको सुनुवाई फेरि स्थगित — OSNepal

ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिटको सुनुवाई फेरि स्थगित

LC (KTM) July 27, 2022 0

काठमाडौं ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिट निवेदनहरुमाथि आज सर्वोच्च अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

सुनुवाई सुरु हुना साथ विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले संवैधानिक निकायलाई पनि विपक्षी बनाउनु पनै उ भन्दै प्रश्न उठाएपछि सुनुवाई स्थगित भएको हो ।

उनीहरुबाट लिखित जवाफ आउनुपर्ने माग गरेका उनीहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको भन्दै संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखेका छन् ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्ति लगायतका विवादमा परेको मुद्दामा सुनुवाईका लागि चारवटा रिट निवेदन र तीसँग सम्बन्धित थप पाँचवटा पुरक निवेदनहरु पेसीमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर