कार्यकता पोस्ने बजेट भएको भन्दै लुम्बिनी प्रदेशको बैठक अवरुद्ध,बजेट नसच्चिदासम्म छलफलमा सहभागी नहुने विपक्षीदलको निर्णय — OSNepal

कार्यकता पोस्ने बजेट भएको भन्दै लुम्बिनी प्रदेशको बैठक अवरुद्ध,बजेट नसच्चिदासम्म छलफलमा सहभागी नहुने विपक्षीदलको निर्णय

LC (KTM) June 20, 2021 0

काठमाडौं ६ असार । आज आइतबार बसेको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न बसेको बैठक कार्यकता पोस्ने बजेट भएको भन्दै विपक्षी गठबन्धनले बैठक बहिस्कार गर्दा बैठक अवरुद्ध भएको हो ।

सभामा सहभागी भएका कांग्रेसका प्रदेशसभा प्रमुख सचेतक फकरुद्धिन खाँनले समृद्धि र विकास भन्दा पनि कार्यकता पोस्ने बजेट ल्याएको भनेपछि विपक्षी दलका नेताहरु सांसद भवनबाट बाहिरिएका हुन् । बजेट वितरणमुखी छ । ‘कार्यकता पोस्ने र कनिका छरेजस्तै छ । यो बजेट नसच्चिदासम्म हामी छलफलमा सहभागी हुँदैनौ’ खानले भने ।

विगत तिन वर्ष यताकै सबैभन्दा खराब बजेट भएको बताएका कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले सरकारले प्रतिपक्षलाई झुक्काउने र जिस्काउने काम गरेको आारोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर