पत्नि काजोललाई सोधेर अजयले आमालाई दिए घर गिफ्ट — OSNepal

पत्नि काजोललाई सोधेर अजयले आमालाई दिए घर गिफ्ट

LC (KTM) June 20, 2021 0

काठमाडौं । बलिउड चर्चित नायक अजय देवगणले नयाँ घर किनेका छन् । उनले आँफैले आर्जन गरेको रकमले नभई बैँकबाट लोन लिएर किनेको भारतीय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

समाचारमा जनाइए अनुसार अजयले घर किन्नका लागि करिब १९ करोड लोन लिएको समेत दाबी गरिएको छ । ४७४।४ वर्ग मिटरमा फैलिएको अजयको पुरानो घर शिवशक्ति घरबाट नजिकै उनले नयाँ घर किनेको बताइएको छ । अजयले यो घर काजोलको सल्लाहमा किनेको समाचारमा जनाइएको छ ।

अजयले यो घर भावेश बालकृष्ण बालिया नामका ब्यक्तिबाट खरिद गरेका हुन् । जुन घर अजयले आमा वीणा वीरेन्द्र देवगनको नाममा पास गरेका छन् । पछिल्लो समय २०२० मा ‘तानाजी’ मा पत्नि काजोलसँग उनी सँगै देखिएका थिए ।

त्यस्तै फिल्ममा सैफअली खान, शरद केलकर मुख्य भूमिकामा रहेको थियो । हाल कोरोना महामारीले प्रर्दशन रोकिएको भारतमा कोरोना घटेसँगै उनको फिल्म ‘आरआरआर, भुज, मैदान मार्फत अजय दर्शकमाझ फेरी जाने तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर