प्रधानमन्त्री हुन नपाउँदा देउवाले चार पूर्वप्रधानमन्त्रीहरुलाई साथमा लिँदै भने, ‘देशभित्र विदेशी चलखेल बढ्यो’ — OSNepal

प्रधानमन्त्री हुन नपाउँदा देउवाले चार पूर्वप्रधानमन्त्रीहरुलाई साथमा लिँदै भने, ‘देशभित्र विदेशी चलखेल बढ्यो’

LC (KTM) June 20, 2021 0

काठमाडौं ६ असार । नेकपा एमालेका नेता विष्णु रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाले चार पूर्वप्रधानमन्त्रीहरुलाई साथमा लिएर ‘देशभित्र विदेशी चलखेल बढ्यो’ भन्दै बक्तव्य जारी गरेको प्रति ध्यानाकषर्ण गराएका छन् । नेता रिजालले आज सामाजिक सञ्जाल मार्फत दलीय व्यवस्थामा अरु पार्टीका सांसद देखाएर प्रधानमन्त्री हुन नपाउँदा कांग्रेस सभापति शेरबहादुरले यस्तो प्रतिक्रिया दिएको जनाएका हुन् ।

रिजालले भनेका छन् , ‘७६ बर्षमा सभापति दोहोरिन खोज्दा उहाँलाई लामो समयदेखिका आफ्नै सहयोगीरसहयात्री विमलेन्द्र निधिले ‘तपाईंलाई छाड्दिनँ, मलाई सहयोग गर्नूस्’ भन्नुभएछ । यसपटक चाहिँ उहाँले क–कसलाई साथमा लिएर ‘कांग्रेसभित्रै विदेशी चलखेल भयो’ भनेर वक्तव्य जारी गर्नुहुन्छ होला’ ?

रिजालले लेखेका छन् , दलीय व्यवस्थामा अरु पार्टीका सांसद देखाएर प्रधानमन्त्री हुन नपाउँदा कांग्रेस सभापति शेरबहादुर देउवाले चार पूर्वप्रधानमन्त्रीहरुलाई साथमा लिएर ‘देशभित्र विदेशी चलखेल बढ्यो’ भन्दै बक्तव्य जारी गर्नुभएको थियो । ७६ बर्षमा सभापति दोहोरिन खोज्दा उहाँलाई लामो समयदेखिका आफ्नै सहयोगीरसहयात्री विमलेन्द्र निधिले ‘तपाईंलाई छाड्दिनँ, मलाई सहयोग गर्नूस्’ भन्नुभएछ । यसपटक चाहिँ उहाँले क–कसलाई साथमा लिएर ‘कांग्रेसभित्रै विदेशी चलखेल भयो’ भनेर वक्तव्य जारी गर्नुहुन्छ होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर