उत्तरी अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुख मारिए — OSNepal

उत्तरी अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुख मारिए

LC (KTM) June 20, 2021 0

तालुक्वान, अफगानिस्तान, ६ असार-अफगानिस्तानको उत्तरी तखार प्रान्तमा शनिबार राति भएको भिडन्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकूको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन् ।तखार प्रान्तको नमक अब जिल्लाको ग्रामीण क्षेत्रमा तालिबान समूहका लडाकूहरुले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो ।

प्रान्ती सरकारका प्रवक्ता हमिद मुबारेजले जिल्ला प्रहरी प्रमुख र तीन अरु प्रहरीले शहादत प्राप्त गरेको जानकारी दिनुभयो । उहाँले अरु दुई जना प्रहरी र तीन जना लडाकू पनि घाइते भएको बताउनुभयो ।नमक अब जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएसँगै त्यहाँ रहेका सुरक्षाफौजका बाँकी सदस्यहरु नजिकको जिल्लामा गएको पनि प्रवक्ता मुबारेजले बताउनुभयो ।

यसैबीच, कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा तालिबान समूहले प्रहार गरेको क्षेप्यास्त्र लागेर एक बच्चा सहित तीन जना सर्वसाधारणको ज्यान गएको छ । शनिबार राति सरकारी फौज र तालिबान समूहबीच शनिबार राति भिडन्त भएको थियो । अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो फौज फिर्ता हुनेक्रम जारी रहेसँगै अफगानिस्तानका विभिन्न भागमा हिंसात्मक झडप तिब्र भइरहेका छन् । तालिबान समूहले पछिल्लो एक महिनाको अवधिमा ४० भन्दा बढी जिल्लाहरु आफूले कब्जामा लिएको दाबी गरेका छन् (रासस–सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर