३३ किलो सुन तत्करी मुद्दाको फैसला गर्ने न्यायाधीश लम्साललाई एक वर्षमै सरुवा गरी कालीकोट पुर्याइयो — OSNepal

३३ किलो सुन तत्करी मुद्दाको फैसला गर्ने न्यायाधीश लम्साललाई एक वर्षमै सरुवा गरी कालीकोट पुर्याइयो

LC (KTM) July 28, 2022 0

विराटनगर १२ साउन । न्याय परिषदले २२४ जना न्यायाधीशको सरुवा गर्दा संगठित रुपमा भएको सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या मुद्दाको फैसला गर्ने जिल्ला अदालत मोरङका प्रमुख न्यायाधीश भरत लम्साललाई कर्णालीको कालीकोट सरुवा गरिएको छ ।

गत २०७८ वैशाख ६ गते मोरङ जिल्ला अदालतमा हाजिर भएका लम्सालको त्यतिबेला कन्चनपुर दरबन्दी थियो । काज सरुवामा मोरङ पुगेका लम्सालको एक वर्षमै विकट जिल्लामा सरुवा भएको हो । जबकी न्यायाधीशको सरुवा सामान्यतया दुई वर्षमा हुने गदर्छ ।

मोरङको प्रमुख श्रीमानको सरुवा मुद्दाको चाप हुने जिल्लामा हुने गरी पनि लम्सालाई भने विकट जिल्ला सरुवा गरिएको हो । लम्सालसहित मोरङका १० जना न्यायाधीशको सरु भएपनि अन्यको भने समय पुगेर सरुवा भएको हो ।

२०७४ माघ ९ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका सबैलाई सफाइ दिएको लम्सालको इजलासले सुन तस्करी गर्ने मुख्य नाइके भनिएका चुडामणि उप्रेती गोरेका सहयोगी सनम शाक्य हत्या अभियोगमा भने ८ जना आरोपीलाई कारागार सजायको फैसला गरेको थियो ।

हाल गोरेसहित उनको सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजायको सजाय भोगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर