बञ्चरेडाँडाका स्थानीयले फेरि रोके काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई — OSNepal

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । एक हप्ता देखि नउठेको काठमाडौं महानगरपालिकाको फोहोर आजबाट उठ्न थालेको भएपनि बञ्चरेडाँडाका स्थानीयवासीले अवरोध र्सिजना गरेका छन् ।

महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेपछि फोहोरको गाडी बञ्चरेडाँडा पुग्न नसकेको प्रहरीले जनाएको छ ।

आज बिहानैदेखि फोहोर संकलन सुरु गरी बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडा पुगेका थिए ।

बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर