काठमाडौं १२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन सम्म गठवन्धनले निरन्तरता पाउने बताएका छन् ।
बिहिबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनसम्म यही गठबन्धन अघि बढ्ने बताएका हुन् ।
विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा समेत सहकार्यका लागि प्रयास भइरहेको बताएका उनले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पनि बताएका हुन् ।
पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने विषयमा बैठकमा मुख्य एजेण्डा भएको बताएका प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ भएको बताए ।
अब पार्टीको स्थायी कमिटी बैठक शुक्रबार बिहान ८ बजे बस्ने भएको छ ।