अब दाँया-बायाँ केहि हुन्न, कांग्रेससँगै सहकार्य हुन्छ : प्रचण्ड — OSNepal

अब दाँया-बायाँ केहि हुन्न, कांग्रेससँगै सहकार्य हुन्छ : प्रचण्ड

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अब प्रचण्डले कांग्रेससँगै सहकार्य हुने बताएका छन् ।

आज बिहिबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अब दायाँ वायाँ नहुने भन्दै कांग्रेसँगै सहकार्य हुने स्पष्ट पारेका हुन् ।

एमालेसँग सहकार्य नहुने स्पष्ट पारेका प्रचण्डले ‘कांग्रेससँग नै सहकार्य गर्ने हो, अब दायाँ–बायाँ सोच्नुहुन्न,’ भनेको प्रचण्डको भनाइ उद्धत एक नेता बताए ।

बैठकमा समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे छलफल भएको भन्दै प्रचण्डले भने, ‘गठबन्धनभित्रै वामपन्थीहरुको एउटा मोर्चा त बन्छतर पार्टी एकता संयोजन समिति बन्छ कि बन्दैन अझै टुंगिएको छैन । ‘

साथै ,पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे विषयमा छलफल भने भोली शुक्रबार बस्ने बैठकमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर