ओशो तपोवन आश्रममा पुगेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लिए 'सन्यासी' — OSNepal

ओशो तपोवन आश्रममा पुगेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लिए ‘सन्यासी’

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत सन्यासी बनेका छन् । काठमाडौ स्थितओशो तपोवन आश्रममा सात दिनसम्म ध्यानमा बसेपछि उनलाई तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्न्यासी’बनाएका हुन् ।

डा. राउत एक साताअघि ओशो तपोवन पुगेका थिए । उनले ध्यानका माध्यमबाट आफ्नो विचारलाई नियन्त्रण गर्न सक्ने, सही आचरणमा बस्न सक्ने तथा सांसारिक सुखबाट मुक्त रहन सक्ने योग्यता प्रस्तुत् गरेका राउत सन्यासी बनेका हुन् । यद्यपि, सन्न्यास लिएकाहरुले घरपरिवार छोडेर बस्नुपर्दैन ।

सन्न्यास लिनेहरुलाई स्वामी आनन्द अरुणले विशेष प्रकारको ओशोको तस्वीर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गर्नेछन् भने अनुयायीहरुलाई सन्न्यासी बनाउने क्रममा स्वामी आनन्द अरुणले निधार र छातीमा हात राख्ने गर्छन् । त्यस क्रममा खासगरी महिला अनुयायीहरु ग्वाँ ग्वाँ रोएको देख्ने गरिएको छ ।

सन्यास पछि पाएको माला अजीवन लगाउनु पर्छ भने महिलको हकमा भने महिनावरी भएको समयमा भने फुकालेर राख्नुपर्छ ।आश्रममा बस्दा धेरै कुरा जान्ने अवसर पाएको भन्दै डा राउतले खुसी व्यक्त गरेका छन् ।

राउतले भनेका छन् , ‘मलाई धेरै बोल्न मन लाग्दैन । यहाँ धेरै बसौं र सुनौं जस्तो लाग्छ । व्यक्तिगत रुपमा केही भन्नुपर्ने शब्द पनि छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर