महानगरले फोहोर मैलाको बलिचढाएर बञ्चरेडाँडा वासीको नरसंहार गर्न खोज्यो,अब भदौ १ गतेबाट फोहोर फाल्न दिन्नौं — OSNepal

महानगरले फोहोर मैलाको बलिचढाएर बञ्चरेडाँडा वासीको नरसंहार गर्न खोज्यो,अब भदौ १ गतेबाट फोहोर फाल्न दिन्नौं

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । बञ्चरेडाँडाका स्थानीयले आफ्नो माग साउन ३१ पुरा नभएर भदौ १ गतेबाट काठमाडौंमा उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेका छन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सिसडोल र बञ्चरेडाँडामा नदिने घोषणा गरेको हो । बिहिबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो घोषणा गरेको हो ।

मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै पत्रकार सम्मेलनमा महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने गरिरहेको समितिले आरोप लगाएको छ ।

मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानववस्ति विकास क्षेत्रमध्ये अब सरकारले एउटा मात्रै छान्न सक्ने समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर