प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट छातीमा सुट गर्न सक्छु भन्ने अभिव्यक्ति दिएका अर्जुनराज दोस्रो पटक पक्राउ — OSNepal

प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट छातीमा सुट गर्न सक्छु भन्ने अभिव्यक्ति दिएका अर्जुनराज दोस्रो पटक पक्राउ

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नारावाजी गरेर चर्चामा आएका अर्जुनराज पौडेल फेरि पक्राउ परेका छन् ।

काठमाडौंमा कमलादीमा आयोजित एक कार्यक्रमा सहभागी भएका देउवाले सम्बोधन गरे लगत्तै ति युवाले ब्यानरसहित नागरिकता विधेयकको विरोध गर्दै नाराबाजी गरेपछि पहिलो पटक पक्राउ परेका उनी फेरि बुधबार साँझ दोस्रो पक्राउ परेका हुन् ।

ति युवकले एक अन्त र्वातामा आफुले चाहे प्रधानमन्त्रीलाई एक मिटर नजिकबाट सुट गर्न सक्छु ,छातीमा गोली पनि हान्न अभिव्यक्ति दिएका थिए ।

अन्तर्वार्तामा उनले भनेका थिए , ‘हामी त नजिक आउन सक्छौँ भने जो पनि तपाईंको नजिक आउन सक्छ । हामी सुरक्षित छौँ, जतिसुकै राष्ट्रघात गरेपनि जनताले के गर्न सक्छन् भनेर मौन रहेर नबस्नुस्’ आज हामी तपाईंको १० मिटर नजिक आएका छौँ । भोली एक मिटर नजिक आएर सुट पनि गर्न सक्छौँ । छातीमा गोली पनि हान्न सक्छौँ । त्यो ल्याकत अर्जुनराज पौडेलले राख्न सक्छ,’ ।

ति युवकले प्रधानमन्त्री पदलाई सम्मान गर्ने भएपनि उक्त पदको दुरुपयोग गरेर दलालको भूमिका निर्वाह गर्ने राष्ट्रघातीलाई भने सम्मान गर्न नसक्ने भन्दे सुट गर्न पनि सक्ने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर