नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर बढ्दो — OSNepal

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर बढ्दो

LC (KTM) June 20, 2021 0

काठमाडौँ, ६ असार- कोभिड–१९ बाट सङ्क्रमणमुक्त हुने सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ । गत २४ घण्टामा तीन हजार ४५६ जना कोराना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोनाको सङ्क्रमणमुक्त हुने जानेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।

गत २४ घण्टामा दुई हजार ४४२ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा दुई हजार ४४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा नै ५१ जनाको मृत्यु भएको छ । नेपालमा हाल ५५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । प्रवक्ता पौडेलका अनुसार सङ्क्रमणदर घट्दै गएको छ । काठमाडौं उपत्यकामा ५४८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना सङ्क्रमित थपिए । त्यस्तै, १० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर