उपत्यकामा भोलीबाट बारका आधारमा यी पसलहरु खोल्ने पाइने (सूचीसहित) — OSNepal

उपत्यकामा भोलीबाट बारका आधारमा यी पसलहरु खोल्ने पाइने (सूचीसहित)

LC (KTM) June 20, 2021 0

काठमाडौँ ६ असार । भोलीबाट जारी गरिएको निषेधाज्ञामा भने बार र समय निर्धारण गरेर विभिन्न पसलहरु सञ्चालनमा आउने भएका छन् । आज बसेको तिनै उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निणर्य गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारी अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल तथा अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्ने छ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्ने भएको छ ।

सातै बार खोल्ने समय भने बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म हुने निणर्य भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर