जहाजको बडीभित्रै रेस्टुरेन्ट — OSNepal

जहाजको बडीभित्रै रेस्टुरेन्ट

LC (KTM) July 29, 2022 0

लमजुङ।लमजुङ सदरमुकामको बेँसीसहर नगरपालिका– ३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षिक गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्टमा लगानीकर्ता वृद्धि हुँदै गएपछि अन्य रेस्टुरेन्टभन्दा फरक र आकर्षित देखिएको छ । तस्बिरः जनक श्रेष्ठ

यो पनि -नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपैयाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको पाइएको छ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको तेल आयात गरेको हो। सो अवधिमा नेपाललमा विभिन्न देशबाट ७१ करोड ८२ लाख ४३ हजार ८७७ लिटर कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल भित्रिएको विभागले जनाएको छ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपैयाँको ३३ करोड २९ लाख ८३ हजार ५४६ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ।

सोही अवधिमा ३९ अर्ब ३१ करोड ६ लाख ६६ हजार रुपैयाँको २७ करोड ६६ लाख २२ हजार १४१ लिटर कच्चा पाम तेल, १८ अर्ब १० करोड ७६ लाख ३४ हजार रुपैयाँको १० करोड ८५ लाख ३५ हजार ४०९ लिटर कच्चा सनफ्लावर तेल र २ करोड ५ लाखको १ लाख २ हजार ७८१ केजी कच्चा नरिवल तेल नेपालले आयात गरेको छ।

आर्थिक वर्ष २०७८/७९ मा नै नेपालले प्रशोधन गरीएको ९३ अर्ब ७० करोड ८५ लाख ९० हजार रुपैयाँको भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो। सो वर्ष नेपालले विभिन्न देशबाट ल्याएको कच्चा भटमास, पाम र सनफ्लावर तेल प्रशोधन गरी भारतमा ५५ अर्ब ९० करोड ३८ लाख १५ हजार रुपैयाँको निर्यात गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर