बलिउडका हसिला नायक गोबिन्दा निलम कोठरी संग बिबाह गर्न चाहान्थे, तर भाग्यले यसरी दिएन साथ — OSNepal

बलिउडका हसिला नायक गोबिन्दा निलम कोठरी संग बिबाह गर्न चाहान्थे, तर भाग्यले यसरी दिएन साथ

LC (KTM) June 20, 2021 0

बलिउडमा कमेडि किंगका रुपमा चिनिएका नायक गोबिन्दा १९६३ डिसेम्बर २१ मा जन्मिएका थिए । यी अभिनेताको आफ्नो करियरको पहिलो फिल्म लब ८६ रहेको थियो । गोबिन्दाले सुनिता संग बिबाह गरेका थिए । अहिले उनको २ छोराछोरी रहेका छन् ।

छोरी टीना आहुजा र छोरा यशवर्धन । तर तपाईलाई थाहा नहुन सक्छ सुनीता भन्दा अगाडि बलिउडकी अर्की चर्चित नायिका तथा उनको समकालीन अभिनेत्री निलम कोठारीको मायामा उनी लट्ठ थिए । गोबिन्दा निलमलाई एकदमै मन पराउँथे । उनलाई एकदमै माया गर्ने गर्थे ।

यति सम्म थियो कि निलम लाई अरु अभिनेता संग रोमान्स गरेको देख्नै सक्दैन थिए । निलम र गोबिन्दा आफ्नो डान्सका लागि एकदमै लोकप्रिय रहेका थिए । ८० को दशकमा एक रोमान्टिक कपलका रुपमा यी दुबै जनालाई फिल्ममा एकसाथ देखिने गरेको थियो । उनीहरुले आठ वटा सुपर डुपर हिट फिल्म दिएका थिए ।

यी दुबैको पहिलो फिल्म इल्जाम रहेको थियो । रिल लाईफको यो जोडी रियल लाईफमा पनि एक अर्का संग रहन चाहन्थे । तर यस्तो हुन सकेन । गोबीन्दाले पनि एक अन्र्तबार्तामा निलम संग आफुले बिबाह गर्न चाहेको स्विकार गरेका थिए । उनले निलम संग बिबाह गर्न चाहेको र त्यसमा गलत केही नरहेको समेत बताएका थिए ।

उनले माया र घृणा दुबै मानिसको भावना हो जसलाई कसैले नियन्ञण गर्न नसक्ने दाबी गरेका थिए । उनले समयको खेल संगै आफुहरु बैबाहिक जिवनम बाँधिन नसकको बताए । उनले थप कारण भने खुलाएका थिएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर