बाढीले सारा खुशी लुटेको मेलम्ची पुग्दा कसका आँखा नरसाउलान् र ? हेर्नुहोस् यो भिडियो — OSNepal

बाढीले सारा खुशी लुटेको मेलम्ची पुग्दा कसका आँखा नरसाउलान् र ? हेर्नुहोस् यो भिडियो

LC (KTM) June 20, 2021 0

काठमाडौँ । देशभर कोरोना भाइरस संक्रमणको दोश्रो अहिले बन्दाबन्दीको अवस्था छ। कोरोना भाइरसको संक्रमणभन्दा पनि बढि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बासीलाई बाढी-पहिरोले सताएको छ । असार १ गते बाढी पहिरो आउनुभन्दा अगाडी उनीहरुसँग खान लाउनलाई केहि समस्या थिएन। तर, अहिले ती मेलम्चीका बासीहरुलाई कहाँ जाने के खाने भन्ने समस्याले सताएको छ ।

हाँसीखुसी रहेका मेलम्ची बासीलाई असार १ गते कालो दिन बन्यो । आँखैको अगाडी सबै घरहरु माटोले छोपिदियो। कतिले ज्यान सम्म गुमाउनु पर्यो भने अझै कति बेपत्ता छन् । मेलम्ची बासीको घरबार बाहिन भएर कोहि आफन्तको घरमा त, कोहि सार्वजनिक स्थानमा बस्न बाध्य भएका छन् । बाढीपहिरो ग्रस्त क्षेत्रमा नेपाली सेनाद्वारा उद्धार कार्य भइरहेको छ । नेपाली सेनाको कालीजंग गणमा बाढीपहिरो पिडितलाई खान खुवाउने काम पनि भइरहेको छ । यातयातको सुबिधा नभएको हेलम्बुमा नेपाली सेनाको हेलिकटरद्वारा खाद्यान्न एवं लत्ताकपडा पुराई रहेका छन् ।

कोरोना महामारी लगायत अन्य सामाजिक कार्यमा सक्रिय रहेको नेपाल भारत मैत्री संघले केन्द्रिय राहत कोषबाट करिब २ लाख १० हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ ।जसमा चिनी, चामल, तेल, नुहाउने साबुन, लुगा धुने साबुन, प्याड, जिरा, बेसार, नुन,दात माझ्ने ब्रस/मन्जन, मक्षड धुप, सर्जिकल मास्क, मेडिकल सामाग्रीहरु कालीजंग गण सिन्धुपाल्चोकमा हस्तान्तरण गरेको हो। अहिले बाढीपहिरो पिडितलाई राहत सामग्री सहज रुपले पुराउने जिम्मा नेपाली सेनालाई दिइएको छ ।

राहत सामग्री लिएर नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यालयको तर्फबाट वरिष्ट उपाध्यक्ष शैलेन्द्र मोहन झा, उपाध्यक्ष माधव तिमल्सिना, महासचिब बध कृष्ण सुबेदी र केद्रीय सदस्य देबी सुबेदीको उपस्थिति रहेको थियो । यसरी प्रत्यक्ष बाढीपहिरो पिडित भएको ठाँउमा पुगेर राहत दिन पाएकोमा खुँसि लागेको उपाध्यक्ष तिमल्सिनाले बताए ।

यस्तै नेपाल भारत मैत्री संघ झापा जिल्ला शाखाले झापा जिल्लाको भद्र नगरपालिका वडा नम्बर ९ र १० मा पनि कोरोनाबाट बिशेष प्रभावित घर धुरीलाई चिनी, चामल, तेल, नुहाउने साबुन, लुगा धुने साबुन, प्याड, जिरा, बेसार , नुन,दात माझ्ने ब्रस/मन्जन, मक्षड धुप, सर्जिकल मास्क, मेडिकल सामाग्रीहरु वितरण गरेको छ । उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष ओमप्रकास सुबेदी, जिल्ला अध्यक्ष प्रदिप रेग्मी, जिल्ला सचिब गणेश पोख्रेल लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर