सह–कलाकारको थप्पडले अभिनेत्री नन्दनी रायको गाला नै सुन्नियो, सुन्निएको कम हुन निर्देशकले शुटिंग नै रोक्नु परेको थियो — OSNepal

सह–कलाकारको थप्पडले अभिनेत्री नन्दनी रायको गाला नै सुन्नियो, सुन्निएको कम हुन निर्देशकले शुटिंग नै रोक्नु परेको थियो

LC (KTM) June 20, 2021 0

नयाँ तेलुगु वेब सिरीज इन द गेम अफ गड मा देखिएकी अभिनेत्री नन्दनी रायले शुटिंगको दौरानमा भएको एउटा घटनाको खुलासा गरेकी छिन् । शुटिंगको दौरानमा उनको सह कलाकार बिकासले क्यामराको एक स्वभाविक प्रतिक्रियाका लागि वास्तवमा एक अर्कालाई थप्पड मारेका थिए ।

नन्दनीले मिडियालाई बताईन्– जब बिकासले क्यामराको लागि मलाई हल्का थप्पड मारेको थियो मलाई लाग्यो कि हामी वास्तबिक भावनालाई अगाडि ल्याउन सकिरहेका थिएनौ । फेरी हामीले चर्चा गरयौ र साँच्चिकै एक अर्कालाई कुट्न सुरु गरयौ । यसका लागि कि दर्शकलाई जुन आँसु देखिन्छ त्यो वास्तवमा असली होस् ।

अभिनेत्रीका अनुसार हिटिंग यति रियल थियो कि निर्देशक बिद्यासागर मुथुकुमारले फेरी शुटिंग सुरु गर्नु अघि एक ब्रेकको लागि बोलाएका थिए । उनले बिकासले यति जोड संग हिर्काएको बताईन् जबकी निर्देशकलाई सुन्निएको कम हुनका लागि आधा घण्टा पर्खनु परेको थियो । क्राईम थ्रिलर यस वेब सिरीजको ७ भाग रहेको छ । नन्दनीले एक गाउँकी केटीको भुमीका निर्बाह गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर