प्रदेश १ मा आज २२५ जना कोरोना संक्रमित थपिए , हालसम्म ५५ हजार ७९८ जना संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा आज २२५ जना कोरोना संक्रमित थपिए , हालसम्म ५५ हजार ७९८ जना संक्रमणमुक्त

LC (KTM) June 20, 2021 0

प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा ७, रतुवामाईमा ४, पथरीशनिश्चरे, बेलबारी, बुढीगंगा र लेटाङमा २–२ , रंगेली, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

झापाको विर्तामोडमा १७, दमकमा १४, मेचीनगर र अर्जुनधारामा ८–८, शिवसताक्षीमा ७, गौरीगञ्जमा ४, गौरादहमा ३, हल्दिबारी, कनकाई र भद्रपुरमा २–२, कचनकवल, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

सुनसरीको इटहरीमा ३१, धरानमा ६, रामधुनी र दुहवीमा ३–३, गढी र बराहक्षेत्रमा १–१, संखुवासभाको चैनपुरमा १२ र खाँदबारीमा १, इलामको मांसेबुङमा ६, चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा २–२ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ ।

ते¥हथुमको म्याङलुङमा ४, खोटाङको रुपाकोट मझुवागढी र दिप्रुङ चुईचुम्मामा १–१, पाँचथरको फिदिम र धनकुटाको धनकुटा नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार १२८ पुगेको छ ।

संक्रमित भएका मध्ये हालसम्म ५५ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार २३२ रहेको छ । प्रदेश १ मा आज १ हजार ४२९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२६ महिला र १२९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर