करोडौ कमाउने बलिउड नायक अजयले आखिर किन लिए १८ करोड ऋण ? उनले बैंकबाट ऋण लिनुको रहस्य यस्तो रहेछ — OSNepal

करोडौ कमाउने बलिउड नायक अजयले आखिर किन लिए १८ करोड ऋण ? उनले बैंकबाट ऋण लिनुको रहस्य यस्तो रहेछ

LC (KTM) June 20, 2021 0

आम सर्वसाधरणलाई लाग्न सक्छ सेलीब्रेटीहरु त खतरै हुन्छन् उनीहरुलाई आर्थिक कठिनाई कहिले आउँदैन र भोग्नु पर्दैन भन्ने । तर यो सोच गलत हो । हालसालै अजय देवगनले पनि ऋण लिएको खुलासा भएको छ । उनी एउटै फिल्म बाट करोडौ कमाउँछन् ।

उनकी श्रीमती तथा अभिनेत्री काजोलले पनि पैसा त कमाएकै छिन् आखिर ऋणको किन पर्यो होला अजय लाई आवश्यकता भन्ने सबैलाई लाग्नु स्वभाविक नै रहेको छ । तर खासमा कोरोना प्रकोपबीच अभिनेता देवगनले १८ करोड ७५ लाख भारु ऋण लिएका छन्।

उनले यो ऋण घर खरीद गर्नका लागि लिएका हुन् । उनले हालसालै नयाँ घर खरीद गरेका छन् । उनले लिएको ऋण बाट जुहु क्षेत्रमा नयाँ घर खरिद गरिसकेका छन्। यो नयाँ घर अजय बस्ने हालसालैको घर नजिकै रहेको यसअघि नै सार्वजनिक भईसकेको छ ।

हालको घर ४७४ दशमलब ४ स्क्वायर मिटरमा फैलिएको छ। अजयले सो घर ४७ करोड ५० लाखमा खरिद गरेका हुन् । घर खरीदका लागि पैसा अपुग भएपछि १८ करोड ७५ लाख बैंकबाट ऋण लिएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर