विभिन्न मागसहित राप्रपाको १६५ निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन — OSNepal

विभिन्न मागसहित राप्रपाको १६५ निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरेको छ ।

भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने लगायतका माग राख्दै राप्रपाले शनिबार विरोध प्रर्दशन गरेको हो ।

राप्रपाले केहि समय देखि कालोबजारी नियन्त्रण हुनुपर्ने बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्नेलगायतका विषयमा विरोध प्रर्दशन गर्दै आएको छ ।

यस भन्दा अघि पनि राप्रपाले २२ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर राप्रपाले देशव्यापी आन्दोलन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर