गठबन्धन गर्दा पार्टीलाई घाटा भो, अब आफ्नै खुट्टामा उभिएर सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो : नेपाल — OSNepal

गठबन्धन गर्दा पार्टीलाई घाटा भो, अब आफ्नै खुट्टामा उभिएर सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो : नेपाल

LC (KTM) July 31, 2022 0

डोटी १५ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको भन्दै अब आगामी निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने बताएका छन् ।

समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, यस्तो प्रतिक्रिया दिएका हुन् । ‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन,आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’ नेपाले भने ।

गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको टिप्पणी गरेका उनले अब संघरप्रदेशको निर्वाचनमा राम्रो नतिजा हासिल गर्ने बताए । स्थानीय निर्वाचन हेरौं अब गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्ने भन्दै नेपालले भने ,अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’

साथै, नेपालले सम्बोधनमा र्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने स्पष्ट पार्दै विचार र मान्यताबाट सिर्जना भएको गठबन्धनको औचित्य समाप्त नभएको बताए ।

उनले भने, ‘चुनावी मोर्चा बन्न सक्छ, गठबन्धन हुन सक्छ तर अहिल्लै पार्टी एकता हुँदैन ।’ पार्टी एकताको लागि गृहकार्य भने भइरहेको नेपालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर