सुशान्त सिंह राजपुतकी गर्ल फ्रेण्ड रिया चक्रावर्तीले बुवा संग भाबुक पोष्ट गर्दैै मागिन् माफि, बताईन् - मेरो कठिन समय चलिरहेको छ — OSNepal

सुशान्त सिंह राजपुतकी गर्ल फ्रेण्ड रिया चक्रावर्तीले बुवा संग भाबुक पोष्ट गर्दैै मागिन् माफि, बताईन् – मेरो कठिन समय चलिरहेको छ

LC (KTM) June 20, 2021 0

आज अन्र्तराष्ट्रिय रुपमा बुवाको मुख हेर्ने दिन अर्थात जून २० , इन्टरनेशनल फादर्स डे । आजकै दिन बिश्वभरका सेलीब्रेटीहरुले आफ्नो बुवाको बारेमा पोष्ट सार्वजनिक गरे । तर नेपालका भने कसैले पनि पोष्ट गरेनन् किनकि नेपालमा कुशे औँसीका दिन बुवाको मुख हेर्ने दिनका रुपमा मनाउने गरेका छन् ।

आज नेपाल बाहेक बलिउड र हलिउडका कैयौ सेलीब्रेटीहरुले आफ्नो बुवाको लागि सामाजिक सञ्जालमा दुई चार शब्द खर्चिए । यसैमध्ये बलिउडकी अभिनेत्री तथा सुशान्त सिंह राजपुतकी गर्ल फ्रेण्ड रिया चक्रावर्तीको पोष्ट भने अचम्मको पार्ने खालको थियो । उनले आफ्नो बुवा संग माफि मागेको पोष्ट सार्वजनिक गरेकी थिईन् ।

उनको यो भावुक पोष्टले सबैको मन छोएको छ । उनले आफ्नो बुवा संगको बाल्यकालको फोटो समेत शेयर गर्दै एकदमै भावुक पोष्ट गरेकी हुन् । उनले आफ्नो बुवालाई माफि यसकारण मागेकी छिन् कि उनको यतिबेला खराब समय चलिरहेको छ । उनले पोष्टमा लेख्छिन् मेरो बुबालाई ह्यापी फादर्स डे । तपाईं नै मेरो सहनशक्ति हो, तपाईं नै मेरो प्रेरणा हो ।

मलाई माफ गर्नु होला, समय केही कठिन चलिरहेको छ, तर मलाई तपाईंको छोरी हुनुमा गर्व छ । मेरो शक्तिशाली बुवा ।’ उनले आफ्ना ब्वाई फ्रेण्ड सुशान्तको निधनको बर्ष दिनमा पनि यस्तै भाबुक पोष्ट शेयर गरेकी थिईन् । उनी अझै पनि यस सुशान्त संग जोडिएको मुद्धामा तानिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर