सत्ता गठबन्धनलाई सहज हुने फैसला तथा आदेश गर्ने कामु प्रधानन्यायाधीश कार्कीमाथि ओलीको आशंका — OSNepal

सत्ता गठबन्धनलाई सहज हुने फैसला तथा आदेश गर्ने कामु प्रधानन्यायाधीश कार्कीमाथि ओलीको आशंका

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको भूमिकामाथि आशंका जनाएका छन् ।

कार्कीले न्यायपरिषदमार्फत कतिपय न्यायाधीशहरूमाथि छानीछानी बदला लिने ढंगले कारबाही अघि बढाउने र सत्ता गठबन्धनलाई सहज हुने फैसला तथा आदेशहरू गरेको आरोप लगाएका ओलीले कार्कीको भूमिकामाथि आशंका जनाएका हुन् ।

संवैधानिक परिषदका सदस्यसमेत रहेका प्रतिपक्षी दलका नेता ओलीले न्यायपालिका निष्पक्ष नभएमा स्वतन्त्र न्यायपालिका जोगाउन एमालेले गम्भीर कदम चाल्ने चेतावनी दिएका छन् ।

अदालत सेटिङ र लेनदेनमा चल्ने गरेका कुराहरु आइरहेको बाहिर आएको भन्दै कामु प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई गठबन्धनको उलामुलामा नलाग्न र स्वतन्त्र न्याय सम्पादन गर्न ओलीले सुझाव समेत दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीशहरूमाथि छानीछानी बदला लिने ढंगले कारबाही अघि बढाउने कार्कीको नियत गलत रहेको बताएका हुन् ।

केहि दिन अघि मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कार्कीबिच भएको भेटलाई समेत ओलीले शंकाको रुपमा हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर