प्रेमिसँग मिलेर श्रीमानको ज्यान लिएकी महिमाले नाटक गर्दै झारिन् आँशु (भिडियो ) — OSNepal

प्रेमिसँग मिलेर श्रीमानको ज्यान लिएकी महिमाले नाटक गर्दै झारिन् आँशु (भिडियो )

LC (KTM) June 20, 2021 0

प्रेमी ओमप्रकाश यादवसङ्ग मिलेर आफ्ना पति त माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दिपक पाण्डेयमाथि एकैपटक दुई पि ‘स्तो’लबाट गो’ ”ली चलाई मा’र्न लगाउने श्रीमती महिमा पाण्डेय लामो निगरानीपछि घरैबाट समातिएकी छन् । जेठ ५ गते राती कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गुडिरहेको मोटरसाइकलबाट पाण्डेयमाथि दुई रा’उ’ण्ड गो’ ‘ली प्र ‘हा ‘र भएको थियो । त्यसको ६ दिनपछि उनको काठमाडौंमा निधन भएको हो ।

प्रारम्भिक अनुसन्धानमा श्रीमती महिमा र ओमप्रकाश यादवबीच प्रेम सम्बन्ध झाँगिदै गएको खुलेको छ । उनीहरूबीचको यो सम्बन्धवारे श्रीमान दिपकले थाहा पाएका थिए । तर महिमाको मन दिपकतिरभन्दा ओमप्रकाशतिर पग्लन थालेपछि उनीहरूबीच ख’टप’ट शुरु हुनु स्वाभाविक हो ।

त्यहि क्रममा दिपक बेला बेलामा ‘म हुँदाहुँदै ऊसँग किन प्रेम सम्बन्ध राखिस् ?’ भन्दै श्रीमतीसँग रिसाउन थाले । यता ओमप्रकाशलाई पनि ‘मेरी स्वास्नीसँग किन लागिस् ?’ भनेर दिपकले बेला बेलामा ध’म्की दिन थाले । एवम् रीतले लोग्ने- स्वास्नीबीच असमझदारी बढ्न थालेपछि महिमा र प्रेमी ओमप्रकाशले दुबैको इज्जत जोगाउन दिपकलाई सि’ध्याउने योजना बुनेको रहस्य खुलेको हो ।

३२ वर्षकी श्रीमती महिमाको माइती नजिकैको खुनुवा हो । भारतमा पढेकी उनी खाइलाग्दी र चिरिच्याँट्ट परेर हिँडेको कारण ओमप्रकाशले मन पराएको प्रारम्भिक बयानको क्रममा खुलेको छ । घरमा श्रीमान हुँदाहुँदै अर्कासँग लागेर श्रीमानलाई नै सि’ध्याउने योजना बुनेपछि अहिले पाण्डेका ५ वर्षकी छोरी र ११ वर्षका छोराको बिचल्ली भएको छ । अब महिमाले बुनेको रंगीन सपना पनि जेलको चिसो छिँडीमा बित्ने भएको छ ।

श्रीमतीले आफूले श्रीमान दिपकलाई मा’ ‘र्न लगाएको स्वीकारेकी छन् । शंकास्पद सबै मान्छेसँग बयान लिएपछि कुरो खुलेको प्रहरीको दाबी छ । शुरुमै अलिअलि शंका लागेपछि प्रहरीले महिमाको सुरक्षा भन्दै महिला प्रहरीलाई उनको घरमा नै निगरानीको लागि खटाएको थियो ।

सबै पक्षबाट घटनामा श्रीमतीको हात रहेको पुष्टि भएपछि प्रहरीले उनलाई केहि दिन अघि पक्रेको हो । साकिर अली पखिया र रमजान साह मुसलमान दुबैले अर्को मोटरसाइकलमा पछाडि बसेर राती सडकमा गुडिरहेको बेला एकैपटक दिपकमाथि फा’ ‘यर खोलेका थिए । आमाको अर्कैसँगको ल’सप’सले दुई लालाबालाको बिचल्ली भएको छ भने उनीहरूका बाबुको समेत जीवन समाप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर