सङ्खुवासभामा सेफ्टी ट्याङ्की भत्किएर गम्भीर घाइते भएका दुई जनाको मृ त्यु — OSNepal

सङ्खुवासभामा सेफ्टी ट्याङ्की भत्किएर गम्भीर घाइते भएका दुई जनाको मृ त्यु

LC (KTM) June 20, 2021 0

किमाथाङ्का, ६ असार – सङ्खुवासभा, खाँदबारी नगरपालिका –४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी – ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृ त्यु भएको हो । गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आज साँझ साढे ७ बजे उपचारका क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताउनुभयो । घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए ।

चामेमै रोकियो सेनाको हेलिकप्टर-मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो । मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो । मौसम अनुकूल भएपछि हेलिकप्टर पोखरा प्रस्थान गर्नेछ ।

बाढीपीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ । गएको मङ्गलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षत्विक्षत् भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर