सेती नदीमा पानीको बहाब बढ्दै गएपछि शव अझै निकाल्न सकिएन — OSNepal

सेती नदीमा पानीको बहाब बढ्दै गएपछि शव अझै निकाल्न सकिएन

LC (KTM) June 20, 2021 0

डोटी- डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमाआज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन । सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । । नदीको बिच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।

चामेमै रोकियो सेनाको हेलिकप्टर-मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो । मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो । मौसम अनुकूल भएपछि हेलिकप्टर पोखरा प्रस्थान गर्नेछ ।

बाढीपीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ । गएको मङ्गलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षत्विक्षत् भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर