दिनहुँ बढ्दै कोरोना संक्रमितको संख्या :एकैदिन ६२० जनामा कोरोना संक्रमण पुष्टि , पाँच जना भेन्टिलेरमा उपचाररत् — OSNepal

दिनहुँ बढ्दै कोरोना संक्रमितको संख्या :एकैदिन ६२० जनामा कोरोना संक्रमण पुष्टि , पाँच जना भेन्टिलेरमा उपचाररत्

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमति मध्ये १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा उपचाररत् छन् ।

पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर