बर्दियाका किसानलाई चेते धान भित्र्याउने चटारो — OSNepal

बर्दियाका किसानलाई चेते धान भित्र्याउने चटारो

LC (KTM) June 20, 2021 0

बर्दिया-वर्षाको शुरुवातसँगै अधिकांश किसानलाई रोपाइँको चटारो भइरहेका बेला बर्दियाका किसानलाई भने यतिखेर चैते धान भित्र्याउने चटारो परेको छ ।गत फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरिसकेका किसानहरु घरघरमा धान भित्र्याउन व्यस्त छन् । यस वर्ष करिब दुई बिगाहा क्षेत्रफलमा चैते धान खेती गरेका किसान चक्रलाल थारुले खेतमा पानी पसिसकेकाले धान काट्न गाह्रो भएका बताउनुभयो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत धान सुपरजोन राजापुरको कार्यक्रमका प्रमुख डा तपेन्द्र शाहको अनुसार किसानलाई मनसुन शुरु भएसँगै धान काट्ने र रोप्ने चटारो भएको बताउनुभयो ।

चामेमै रोकियो सेनाको हेलिकप्टर-मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो । मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो । मौसम अनुकूल भएपछि हेलिकप्टर पोखरा प्रस्थान गर्नेछ ।

बाढीपीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ । गएको मङ्गलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षत्विक्षत् भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर