एकैपटक पोखरीमा डुबेर मृ त्यु भएका पाँच बालिकाको परिवारलाई सहयोग — OSNepal

एकैपटक पोखरीमा डुबेर मृ त्यु भएका पाँच बालिकाको परिवारलाई सहयोग

LC (KTM) June 20, 2021 0

धनुषा- धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाकामा एकैपटक पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई मुखियापट्टी मुसहरनीया गाउँपालिकाले जनही रु एक लाख ५१ हजार राहत उपलब्ध गराएको छ । पाँचै बालिकाका परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरादेवी महतोले आज सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

यसअघि प्रदेश सरकारले समेत पाँचै बालिकाको परिवारलाई एक–एक लाख रुपैयाँको राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ । गत जेठ २८ गते मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ स्थित लक्ष्मीपुरमा हुलास यादवले माछापालनका लागि निर्माण गरेको पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिता साहको पोखरीमा डुबेर मृत्यु भएको थियो ।

चामेमै रोकियो सेनाको हेलिकप्टर-मनाङको बाढीपहिरो पीडितका लागि राहत लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबका कारण सदरमुकाम चामेमै रोकिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङसहित स्थानीय तहका पदाधिकारी सवार हेलिकप्टर राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्रमा आएको हो । मनाङको विभिन्न स्थानका बाढीपीडितका लागि राहत लिएर आएको हेलिकप्टरमा इन्धन राख्न पोखरा लागि उडेको थियो तर मौसम खराब भएकाले पुनः सदरमुकाम चामे नै फर्किएको हो । मौसम अनुकूल भएपछि हेलिकप्टर पोखरा प्रस्थान गर्नेछ ।

बाढीपीडितलाई दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री ल्याइएको जनाएको छ । गएको मङ्गलबार मनाङको विभिन्न स्थानमा भीषण वर्षापछि यहाँका बाटो क्षत्विक्षत् भएर गाडीसमेत आवागमन हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर