सत्तापक्षका सांसदले समितिलाई शर्माको कल डिटेल हेर्न दिएन , अब शर्मालाई तामा–तुलसी राखेर कसम खुवाउनुपर्छ :ओली — OSNepal

सत्तापक्षका सांसदले समितिलाई शर्माको कल डिटेल हेर्न दिएन , अब शर्मालाई तामा–तुलसी राखेर कसम खुवाउनुपर्छ :ओली

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई बचाउन राज्यशक्तिको दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

शर्माबारे छानबिन गर्न संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदिएको भन्दै आपत्ती जनाएका उनले सत्तापक्षका सांसदले समितिलाई कल डिटेल हेर्न नदिएको आरोप लगाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सत्यतथ्य बाहिर आउँछ भनेरअर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब गरिएको जिकिर गरेका छन् ।

‘अहिले सिसिटिभी राख्दा फुटेज गायब । आजकालको जमानामा कल डिटेल हुन्छ। तर, हेर्न नपाइने । कल डिटेल । लज्जा १ अब ऊ बेलात न कल डिटेल, न फुटेज, न मोबाइल, न क्यामेरा, न फोटो । उबेला चोरी पत्तालगाउनु पर्‍यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो,’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर