निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु — OSNepal

निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु

LC (KTM) June 20, 2021 0

ब्रसेल्स, ६ असार – बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ ।आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृ त्यु भएको हो ।यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने जनाएको छ ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर