चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै — OSNepal

चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै

LC (KTM) August 01, 2022 0

गोर्खा सैनिकको जीवनकथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन गर्ने तय भएको छ । ग्रयान्ड मास्टर राजकुमार राई अभिनीत उक्त चलचित्र आगामी अगस्ट २७ मा बेलायतको अल्डरसटमा, सेप्टेम्बर २४,२५ मा क्यानडा र नोभेम्बर १८ (मंसिर २ गते) नेपालमा प्रदर्शन हुन लागेको अभिनेता ग्रयान्ड मास्टर राजकुमार राईले जानकारी दिएका छन् । चलचित्रमा पूर्वगोर्खा सैनिक राजकुमार राई मुख्य कलाकारको भूमिकामा छन् । उनी उक्त चलचित्रका Action Actor हुन् । त्यस्तै चलचित्रमा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बु र उनकी छोरीको मुख्य अभिनय छ । चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई र निर्माता मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।

निर्माता प्रस्तुतिकर्ता विजया राई, रवि थापा, धन लिम्बु, मिलन राई रहेका छन् भने फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको हो । छायांकन दिर्घ गुरुङ, द्वन्द्व एनबी महर्जन, गायक राजेश पायल राई, गायिका बबिना किराती, संगीत सन्तोष दुमी, आनन्द राई छन् । पोस्ट प्रोडक्सन विमल धमला र सीमा राई छन् । ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट सकंलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जानकारी दिनुभयो । को हुन् ग्रयान्ड मास्टर राजकुमार राई ग्रयान्ड मास्टर राजकुमार राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी हुन् । उहाँ ७औं डिग्री तेक्वान्दो ब्लाकबेल्ट हुनुहुन्छ । प्रारम्भिक दिनहरुमा उहाँ शौखिन खेलाडी हुनुहुन्थयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै खेलहरुमा धेरै पदकहरु जितनुभएको छ । १९८४ सालबाट नै अन्तर्राष्ट्रिय च्याम्पियनसीप जित्न सफल भएका उनी नेपाल र हङकङको प्रतिनिधित्व गरेर धेरै पदक पनि हासिल गरिसक्नु भएको छ । ब्रिटिस आर्म फोर्सेस तेक्वान्दो च्याम्पियनसीप, हङकङ नेसनल तेक्वान्दो च्याम्पियनसीप, एसियन तेक्वान्दो च्याम्पियनसीप, एसियन गेम, विश्व तेक्वान्दो च्याम्पियनसीप, साफ गेमहरुमा बेजोड प्रतिभा देखाएर देशको नाम चिनाउनुभएको छ ।

नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, ईरान र अन्य देशहरुमा गई खेल जितेको थुप्रै रेकर्डहरु छन् । १९९९ सालको साफ गेममा स्वर्ण पदक, १९८४, १९८५, १९८७ र १९८८ सालमा लगातार ब्रिटिस आर्म फोर्सेस तेक्वान्दो च्याम्पियनसीप स्वर्ण पदक जितेको इतिहास छ । र अरु गेमहरु पनि धेरैनै जित्नुभएको छ । ग्रयान्ड मास्टर राई खेलकुदबाहेक चलचित्र क्षेत्रमा पनि प्रवेश गरिसक्नु भएको छ । ।‘द कमान्डो’फिल्ममा मुख्य पात्रको भूमिका निभाउनुभएको छ । २००२ सालदेखि Canadian National Actor Association film का सदस्य पनि हुनुहुन्छ । राई ऐमेच्योर बडीबिल्डर पनि हुन् । धर्मश्री नेपाल बडिबिल्डिङ च्याम्पियनसीप १९९९ मा रजत पदक हासिल गनुभएको थियो । खेल क्षेत्रमा राईले पुर्‍याएको निरन्तर लगावलाई देखेर नेपाल सरकारले गोरखा दक्षिण बाहुबाट विभूषित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement