बूढानीलकण्ठमा ३ हजार फर्जी मतदाता रहेको नेपाली कांग्रेसको दावी — OSNepal

बूढानीलकण्ठमा ३ हजार फर्जी मतदाता रहेको नेपाली कांग्रेसको दावी

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । काठमाडौंको बूढानीलकण्ठमा ३ हजार फर्जी मतदाता रहेको नेपाली कांग्रेसले दावी गरेको छ ।

बसाइँसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको कांग्रेसले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा प्रदर्शन गरेको छ ।

कांग्रेसले २०७४ देखि २०७९ साल सम्मको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकामा तीन हजार भन्दा बढि फर्जि मतदाताहरुले मतदान रहेको प्रमाण सहित
निर्वाचन आयोगमा बुझाएको ।

कांग्रेसले आगामी निर्वाचनमा फर्जि मतदाताको नाम हटाउनुपर्ने र किर्ते सहभागीतालाई कारवाही गर्नु भन्ने भन्दै प्रर्दशन गरेको हो ।

आफुहरुको माग सुनुवाई नभएसम्म प्रदर्शन जारी राख्ने भन्दै कांग्रेसले कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले निर्वाचन आयोगमा उजुरी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर