काभ्रेस्थली हत्या प्रकरण: घटनास्थल 'विभत्स' — OSNepal

काभ्रेस्थली हत्या प्रकरण: घटनास्थल ‘विभत्स’

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीस्थित पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले दिएको जानकारी अनुसार गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको चारै जान परिवारको हत्या भएको हो ।

मृत्यु हुनेमा दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका र रहेका छन् ।

घटनास्थल विभत्स भएको बताएका मेयर मर्हजनले सुनीता र छोराछोरीको शव एउटा कोठामा भएको र दिनेशको अर्को कोठामा रहेको बताए ।

घटनास्थल हेर्दा दिनेशले परिवारको हत्या गरी आत्महत्या गरेको हुन सक्ने बताइएको छ । यस विषयमा थप प्रहरीले अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर