अर्थसचिव मरासीनीले देउवा र प्रचण्डलाई भने - शर्मासँग काम गर्न सक्दिन, सरुवा गरिदिनुस् — OSNepal

अर्थसचिव मरासीनीले देउवा र प्रचण्डलाई भने – शर्मासँग काम गर्न सक्दिन, सरुवा गरिदिनुस्

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । अर्थसचिव मधुकुमार मरासिनीले मन्त्रीहरुसँग काम गर्न नसक्ने भन्दै सरकारलाई सरुवा गरिदिन आग्रह गरेका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले काठमाडौं फर्कने
तयारी भएको जानकारी दिँदै गर्दा शर्मा पुन अर्थमन्त्रीमा दोहोरिएको जानकारी थाहा पाएपछि उतै बसेका हुन् ।

बजेट निमार्णका क्रममा अनाधिकृत व्यक्ति सहभागी गराएको आरोपमा छानबिन गर्न गठित समितिले आरोप पुष्टि हुने आधार नभेटिएको प्रतिवेदन बुझाएपछि शर्मा पुन मन्त्री भएका हुन् ।

शर्माले राजीनामा दिनु अगावै मुख्यसचिव शंकरदास बरागीबाट बिदा स्वीकृत गराएर अनिश्चितकालीन बिदामा बसेका मरासीनीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डसँग यस अघि नै भेट गरी आफु शर्मासँग काम गर्न नसक्ने भन्दै सरुवा गरिदिन आग्रह गरेका थिए ।

शर्मा पुन नियुक्त भएपछि सोही जानकारी गराएर मरासिनी पोखरा हिंडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर