यस्तो छ हेर्नुहोस् साउन १७ गते मंगलबार, नाग पञ्चमिका दिनको राशिफल — OSNepal

यस्तो छ हेर्नुहोस् साउन १७ गते मंगलबार, नाग पञ्चमिका दिनको राशिफल

LC (KTM) August 02, 2022 0

आजको पात्रो आज साउन  १७, २०७९, ,मंगलबार ।   तद्अनुसार अगस्ट महिनाको २ तारिक २०२२ । श्रावण शुक्लपक्ष पञ्चमी तिथि । आजको दिनलाई नागपञ्चमी भनिन्छ । सनातन मान्यताअनुसार आज घरको मुल ढोकामा नागको तस्वीर टाँस्ने गरिन्छ । आज विहान सर्योदय ५ः२८ मा हुनेछ भने ६ः५३ मा सूर्यास्त हुनेछ । आज चन्द्रमा कन्या राशिमा रहेको छ । आजको देवता मित्र र ग्रहदेव बुध रहेको छ । मंगलबारको दिन गणेश र हनुमानको आरधना गर्दा मनमा सन्तोष छाउने छ । आजको दिन विशेष दिन हो । दिनभर नैं शुभ मानिन्छ । मंगलबारको दिन नयाँ शुभकार्य गर्दा राम्रो हुनेछ ।

आजको राशिफल ः

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातको लागि हरेक मंगलवारको दिन नयाँ कामको शुरुवात गर्न सक्नेछन् । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । विलासिताको सामान खरिद र यात्रामा जाँदा अर्थहानी हुने संभावना रहन्छ । तपाईको आजको दिन मौन रहनु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अध्यापनमा समय दिनुभयो भने मनमा चिन्ता हटदै जानेछ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सामाजिक सेवा र अध्यात्म सेवाको काममा मन लगाउनु होला । बालक, बृद्धलाई भोजन र बस्त्र दान गर्नुभयो भने तपाईको मन खुसी हुनेछ । विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला । ब्यापार ब्याबसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने, नयाँ कामको शुरुवात नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग  छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । अर्थकारोबार गर्दा विचार गर्नुहोला । कसैलाई दिनुभएको सापटी रकम समेत तपाईले पाउनुहुनेछ । कसैमाथि नकारात्मक सोचर काम नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद हुनसक्छ त्यसैले सिह राशिका जातकले विचार गर्नुहोस् । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना तय हुन सक्छ ।  मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा प्रशन्नता छाउनेछ । चन्द्रमाको साथ रहेको छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन त्यति समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा तपाईको मनमा अनेक प्रश्न उठनसक्छन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार ब्याबसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीहरुलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आज काम छिटो हुनसक्छ ।

 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट आजको दिन  सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने संभावना कम हुन्छ । व्यापार ब्यबसायमा तपाईले गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

 

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज तपाईको सोचका आधारमा काम सफल हुनेछ ।  तपाईले आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठ मन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ । गणेशको मन्दिरको परिक्रमा गर्नुहोला ।

 

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

समय गणनाअनुसार आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलवारको दिन लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, बस्त्र खरिद र दान र शिवालय रदेवालयमा गएर भोकाहरुलाई खानेकुरा खान दिनुभयो भने तपाईको उन्नती र प्रगति हुँदै जानेछ । सिर्जनात्मक कार्यमा सहभागी हुँदा नयाँ उत्साह थपिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर