हुम्लामा अहिले पनि गर्भवतीको छ बेहाल, समयमा उद्धार गर्न नसक्दा पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार — OSNepal

हुम्लामा अहिले पनि गर्भवतीको छ बेहाल, समयमा उद्धार गर्न नसक्दा पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

LC (KTM) June 21, 2021 0

हुम्लाको सिमकोट गाउँपालिका—६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ ।

सत्ताइस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो । मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनुभयो ।

यो पनि : सूचना जारी गर्दै असार १५ गतेसम्म निषेधाज्ञा थपियो : स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ ।

गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर