जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिएको विरोधमा एमाले : ओलीले बोलाए सुवास नेम्वाङ र विशाल भट्टराईलाई बालकोट — OSNepal

जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिएको विरोधमा एमाले : ओलीले बोलाए सुवास नेम्वाङ र विशाल भट्टराईलाई बालकोट

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका उपेता सुवास नेम्वाङ र प्रमुख सचेतक विशाल भट्टराईलाई बालकोट बोलाएका छन् ।

माओवादीका स्थायी समिति सदस्य जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिएको विषयमा प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत् हुने भन्ने विषयमा छलफल गर्न ओलीले नेम्वाङ र भट्टराईलाई बालकोट बोलाएका हुन् ।

आज मंगलबार दिउँसो १ बजे बस्ने संसद बैठकमा कसरी प्रस्तुत् हुने एमालेले तयारी सुरु गरेको हो ।

बजेटमा निमार्णमा अनधिृकत व्यक्तिलाई प्रवेश गराई करको हेरफेर गरेको आरोप लागेका शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार आरोप पुष्टि हुने आधार नभेटिएको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाएसँगै शर्मा पुन अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

एमालेले बिचौलियाका रुपमा बजेट निमार्णका मन्त्रालय प्रवेश गरेका रघुनाथ घिमिरे र सीए साब भनिएका व्यक्तिलाई बयानमा नबोलाइएको, समितिमा रहेका सत्ता पक्षका सांसदले शर्माको कल डिटेल र लोकेशन ट्र्याकिङ गर्न नमानेको जस्ता विषयमा आपत्ती जनाउँदै आएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा अध्यक्ष ओलीसँग छलफल गरेपछि रणनीति बनाइने बताएका छन् । अध्यक्षसँगको छलफल पछि के गर्ने भन्ने विषयको टुंगाो लाग्ने बताएका छन् ।

शर्माको राजीनामा र न्यायिक छानबिनको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्नुपर्ने आवाज एमाले सांसदहरुले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर