वर्षाका कारण गैँडाकोटको बस्ती डुबानमा — OSNepal

वर्षाका कारण गैँडाकोटको बस्ती डुबानमा

LC (KTM) August 02, 2022 0

नवलपुर-आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेको गैँडाकोट-४ को वस्ती । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ । तस्वीरः टेकराज पोखरेल÷रासस

पहिराले घर बगाउँदा दुईको मृत्य, तीन जना बेपत्ता
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उहाँकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर