२३ वर्षीय यी पाइलट उड्दै गरेको विमानबाट भुइँमा खसेपछि — OSNepal

२३ वर्षीय यी पाइलट उड्दै गरेको विमानबाट भुइँमा खसेपछि

LC (KTM) August 02, 2022 0

काठमाडौं :

उड्दै गरेको विमानबाट पाइलट भुइँमा खस्न पुगेका पुगेका छन् । खबर हो अमेरिकाको नर्थ क्यारोलिनाको । जहाँ विमान ३ हजार ८ सय ५० फिटको उचाइमा उडिरहेका बेला उडानका क्रममा विमानमा खराबी आएपछि सच्याउँदै गर्दा विमानबाट खसेको हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

२३ वर्षीय पाइलट चार्ल्स ह्यु क्रुक्स बिमानबाट खसे पनि यस विमानमा सवार को(पाइलटले पछि विमानको आकस्मिक अवतरण गराए र उनलाई सामान्य चोटपटक लागेको थियो।
विमानमा १० जना बस्न सक्छन् । तर त्यसमा यात्रु नभएको सीएनएनको रिपोर्टमा उल्लेख छ ।

जब पाइलट चार्ल्स विमानबाट खसे तब उनी खसेको स्थानमा चर्को आवाज आए लगत्तै प्रहरीलाई खबर गरिएको थियो ।

लामो समयपछिको अनुसन्धानपछि त्यहाँ धेरै अनुसन्धान पछि चार्ल्सको शव भेटियो। उनी विमानमा भएको खराबी सच्याउँदै गर्दा विमानबाट खसेको हुनसक्ने वा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।

तर, उनले प्यारासुट लगाएका थिएनन् । छोराको निधन लगत्तै चार्ल्सका बुवाले छोराले कलेज पढ्दा नै पाइलटको लाइसेन्स लिएको बताए । उनी एक उडान प्रशिक्षक थिए, उनलाई कुनै पनि अवस्थामा उडान गर्न तालिम दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर