विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ता गर्न एमाले सांसद भट्टराईको माग — OSNepal

विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ता गर्न एमाले सांसद भट्टराईको माग

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । नेकपा एमालेका सांसद विशाल भट्टराईले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

मंगलबार जारी प्रतिनिधि सभाको बैठकमा सांसद भट्टराईले विप्लव समूहले शान्तिपूर्ण तरिकाले नेपालको राजनीतिक बाटो रोजिसकेको भन्दै पक्राउ पुर्जी तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कारबाही गर्नुको सट्टा प्रोत्साहन गर्न माग गरेका भट्टराईले जारी बैठकमा भने , नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहको भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीका लागि पत्र पठाएको हामीले सुनेका छौं। संचारमाध्यमबाट आएको यो समाचार सत्य हो भने सरकार यो कामबाट तत्काल पछि हट्न, उहाँहरुलाई काटेको पत्र फिर्ता लिन र उहाँहरुले जुन शान्तिपूर्ण तरिकाले राजनीतिक गर्न बाटो रोजिसक्नु भएको छ। यसलाई प्रोत्साहन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । ‘

ओली नेतृत्वको सरकारले ३ बुँदै सहमति गरेर हिंसाको बाटो परित्याग गराएर शान्तिपूर्णको बाटोमा ल्याएको बताएका उनले ओली सरकारले गरेका कामलाई निरन्तर अगाडि बढाउनुको सट्टा गठबन्धन सरकारले विभिन्न बहानामा विप्लव समूहलाई पत्र काट्ने र फेरि हिंसाको बाटो रोज्न बाध्य बनाएको भन्दै बैठकमा आपत्ती जनाए ।

नेपालमा सब शान्तिको श्वास लिन पाइन्छ भन्ने नेपाली जनताले अनुभूति गरिरहेको बेला अघिल्ला सरकारले गरेका कामलाई निरन्तर अघि बढाउनुपर्ने बेलामा विभिन्न बहानामा विप्लव समूहलाई पत्र काट्ने र फेरि त्यही बाटो रोज्नका लागि विवश बनाउने सरकार उत्दत भएको आरोप लगाएका उनले भने , ‘तराईको सिके रावत समूहलाई पनि नेपालको राष्ट्रिय राजनीतिक मूलधारमा ल्याइसकेपछि अब हिंसाको बाटो रोज्ने कुनै समूह छैन यसलाई प्रोत्साहन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर