बजेट कृषि केन्द्रित छ : अर्थमन्त्री शर्मा — OSNepal

बजेट कृषि केन्द्रित छ : अर्थमन्त्री शर्मा

LC (KTM) August 02, 2022 0

काठमाडौं १७ साउन । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट कृषि केन्द्रित रहेको बताएका छन् ।

भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले सबैलाई उत्पादनको क्षेत्र लाग्न आग्रह गर्दै बजेट कृर्षि मैत्री भएको बताएका हुन् ।

आफुले ल्याएको बजेट उत्पादन मुखी भएकोले किसानलाई पेन्सनको व्यवस्था समेत बजेटमा रहेको बताए ।

अर्थमन्त्री शर्माले भने , ‘हामीसँग सबै कुरा छ । अब हामी उत्पादनसँग जोडिनु पर्छ । अहिलेको बजेट कृषिमा केन्द्रित छ । कृषि क्षेत्रको उत्पादनमा सबैलाई सहभागी गरौँ । काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नु पर्ने आवश्यकता रहेको छ ।’

किसान संघले अब उत्पादनमा विशेषजोड दिनुपर्ने भन्दै मन्त्री शर्माले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बजेट पास भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर