सबिताको तीज गीत 'माइलीले लाएको सारी'को चर्चा — OSNepal

सबिताको तीज गीत ‘माइलीले लाएको सारी’को चर्चा

LC (KTM) August 02, 2022 0

गायिका सबिता परियारले ‘माइलीले लाएको सारी’ बोलको तीज गीतको भिडियो बजारमा ल्याएकी छिन् ।

नेपाली हिन्दु धर्मावलम्वी महिलाहरुको महान पर्व तीज घर आँगनमा आउनै लाग्दा लोकदोहोरी गायिका सबिता परियारले बजारमा ल्याएको ‘माइलीले लाएको सारी’ को चर्चा सुरु भएको छ । गीतमा सबिता परियारको र गायक सुमन परियारको स्वर सुन्न सकिन्छ ।

सुनिल वि.सी.को लय, शब्द सृर्जना रहेको गीतको शब्द लेखनमा गायिका परियारले पनि सहयोग गरेकी छिन् । गीतमा इन्द्र जिसीको संगीत संयोजन रहेको छ ।

मौलिक शब्दहरुको प्रयोग गरिएको गीतमा सुमन परियार, अनुप विष्ट, नारायणी खत्री र सुशिला परियारको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने करन चौसिरले छांयाकन एवम् दिपक विष्टले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *