अमेरिकाले एसियामा युद्ध थोपर्ने चालबाजी गरिरहेको छ : नारायणमान बिजुक्छे — OSNepal

अमेरिकाले एसियामा युद्ध थोपर्ने चालबाजी गरिरहेको छ : नारायणमान बिजुक्छे

LC (KTM) August 03, 2022 0

काठमाडौं १८ साउन । नेपाल मजदुर किसान पार्टीले अमेरिकाले एसियामा युद्ध थोपर्ने चालबाजी गरिरहेको भन्दै नेमकिपाले एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गरेको छ ।

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बुधबार एक विज्ञप्ती जारी गर्दै अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।

अमेरिकी प्रतिनिधिसभाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै विजुक्छेले इवानलाई चीनको अभिन्न अंग भन्दै त्यहाँ अमेरिकी सभामुख जानु अमेरिकाको युद्ध उत्तेजनात्मक गतिविधि भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

अध्यक्ष बिजुक्छेले विज्ञप्तीमा भनेका छन् , ‘चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तोजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्दै आएको सर्वविदित छ , त्यसैको सिलसिला अन्तर्गत पेलोसीको ताइवान भ्रमण भएको प्रष्ट छ, निश्चय पनि यसको परिणाम वाइडेन प्रशासनले भोग्नुपर्नेछ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ ।’

विगतमा एक चीन नीतिलाई स्वीकार गरे पनि अमेरिकाले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति भएको बताएका विजुक्छेले अघि भनेका छन् ,’चीनको सम्प्रभुताको कदर गर्नु र एक चीन नीति साँचो अर्थमा पुनः अडिग भएर प्रस्तुत हुनु स्वयं संयुक्त राज्य अमेरिकाको निम्ति हितकारी हुने तर्फ नेमकिपा बाइडेन प्रशासनको ध्यानाकर्षण गर्दछ’ ।

जारी गरिएको विज्ञप्ति यस्तो छ ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर