दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अप्रेशनपछि छुट्याए — OSNepal

दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अप्रेशनपछि छुट्याए

LC (KTM) August 03, 2022 0

काठमाडौँ ।

जुम्ल्याहा दाजुभाईको २७ घण्टा लामो शल्यक्रियापछि डाक्टरहरुले टाउको छुट्याएका छन् । खबर हो ब्राजिलको ।

ब्राजिलका ३ वर्षका जुम्ल्यहा दाजुभाइृ बर्नाडो र आर्थर लीमाको रियो द जेनेरियोमा लगातार ७ वटा शल्यक्रिया पश्चात उनीहरुको टाउको अलग गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

जसका लागि एक एक ब्रिटिश न्यूरोसर्जनको सहयोगमा ब्राजिलका ख्यातिप्राप्त न्यूरोसर्जनका साथमा बालरोग विशेषज्ञ डाक्टर र बाल रोग सर्जनहरुले यो समस्यालाई सधामान गरेर संसारलाई चकित पारेको दाबी गरिएको छ ।

ग्रेट अरमोण्ड स्टिट हस्पिटलमा बाल रोग सर्जन डाक्टर नुर उल ओवासेले नजिकबाट रेखदेख गरिरहेका थिए । यो शल्यक्रियाका लागि डा जिलानीले पनि आर्थिक सहयोग गरेको समाचारमा जनाइउको छ ।

शल्यक्रियामा लण्डन र रियो दी जेनेरियोका सर्जनहरुले एमआरआई स्क्इानका आधारमा उनीहरुको पटक पटक परिक्षण गरेका थिए । यो शल्यक्रिया २७ घण्टासम्म चलिरहँदा डाक्टरले बिचबिचमा खाना र पानीका लागि मात्र १५ मिनेको रेस्ट लिएको समेत बताइन्छ ।

शल्यक्रिया चलिरहँदा विभिन्न देशका नामी सर्जनहरुले हेडसेट लगाएर शल्यक्रियालाई सफल पारेका थिए । बच्चालाई शल्यक्रिया गरेर जोखिममा पार्नु अघि चिकित्सकहरुको टोलीले लामो समय अध्ययन गरेर उनीहरुलाई हानी नपुग्ने किसिमले काम गरेकै कारण आज यो शल्यक्रिया सफल भएको छ ।

जसलाई डाक्टर जिलानीले यो शल्यक्रिया मंगल ग्रहमा मानिस पुग्नु जस्तै कठीन कामलाई सफल पार्न चिकित्सकहरु सफल भएको प्रतिक्रिया दिएका छन् ।

शल्यक्रियापछि दु्वै बालकहरुको मुटुको धड्कन र रक्तचाप बढेको तर ४ दिनपछि अहिले ठिक ठाउँमा आएको बताइएको छ ।

यो शल्यक्रियालाई सफल बनाउनमा ब्राजिलको बाल चिकित्सा सर्जरीका प्रमुख डाक्टर मुफरेजको टिम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर