रुसका यी बेहुलाले युक्रेनकी बेहुलीलाई लिन धुमधामसँग घोडा चढेर आए — OSNepal

रुसका यी बेहुलाले युक्रेनकी बेहुलीलाई लिन धुमधामसँग घोडा चढेर आए

LC (KTM) August 03, 2022 0

काठमाडौँ ।

रुस र युक्रेनबिच युद्ध चलिरहँदा रुसका एक युवकले युक्रेनकी युवतीसँग धुमधामले विबाह गरेका छन् ।

यो जोडीले भारतीय परम्परा अनुसार भारतको देवचुली हिमांचलमा सात जुनीसम्म नछुट्टीने वाचा गर्दै सात फेरो लगाएर विबाह गरेका हुन् ।

रुस र युक्रेन अहिले सबैभन्दा नजिकका दुश्मनका रुपमा रहेर युद्ध लडिरहेका बेला युक्रेनका युवकले विबाह गरेको विषयलाई रोचक तरिकाले लिइएको छ ।

लामो समयदेखि भारतमा नै रहेको यो जोडीले मंगलबार हिमांचल प्रदैशको धर्मशाला खनियाराको नारायणी मन्दिरमा अवस्थित दिव्य आश्रममा विबाह गरेका हुन् ।

युक्रेनी चेलीको कन्यादान बाबु बनेर भारतका विनोद शर्मले गरेका हुन् ।रुसका बेहुला भनिएका जिन्होनेले अहिले इजरायलको राष्ट्रियता लिइसकेको बताइएको छ ।

युक्रेनकी बेहुली एलोना ब्रामोका यो विबाहदेखि आँफु खुशी भएको बताएकी छिन् ।

https://www.instagram.com/p/Cgyopq5tpXA/?utm_source=ig_web_copy_link

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर