थाहा पाउनुहोस् आजको राशिफल — OSNepal

थाहा पाउनुहोस् आजको राशिफल

LC (KTM) August 04, 2022 0

आजको पात्रोः १९ साउन २०७९, विहीबार । अगष्ट महिनाको ४ तारिक २०२२ । श्रावणशुक्लपक्ष सप्तमी तिथि, तैलिक करण, चित्रा नक्षत्र, साध्य योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान ५ः२९ मा सूर्योदय र ६ः५२ मा सूर्यास्त हुनेछ । विहान ११ः४४ देखि १२ः३० सम्मको समय शुभ रहेको छ । यो समयमा शुभकार्य गर्दा फलित हुनेछ । आजको देवता सावित्री, ग्रहदेव शुक्र रहेको छ । विहीबारको दिन अध्ययन, लेखन, नयाँ पुस्तक खरिद आदि काम गर्न सकिन्छ । शिक्षण संस्थाको भ्रमण र शैक्षिक गतिविधिका लागि विहीबारको दिन महत्वपूर्ण मानिन्छ । आज गोस्वामी तुलसीदास जयन्ती पनि हो । साउनको महिना भएकाले लेखन र अनुसन्धानका कार्य गर्ने ब्यक्तिहरुले शिवालय दर्शन गर्दा शुभ हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । सामाजिक सेवाका काममा मन जानेछ । अर्थ आर्जन हुने काममा समय खर्च गर्नुहोला।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । कसैलाई पनि दूवाच्य वचन नबोल्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ ।

कसैसँग पनि विवाद नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । चन्द्रमाको साथ पनि रहेको छ । आजको दिन गरेको काम शुभ हुनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ । विहान सूर्योदयको दर्शन र कही अध्यात्मज्ञान श्रवण गर्नुहोला ।।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तान र स्त्रीजातिको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडीरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर